२०८३, १ बैशाख मंगलबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ दिनमा एक लाख ३३ हजार स्वदेश फर्किए



प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै छ । उमेदवारहरू मतदाता आकर्षित गर्न घरदैलो कार्यक्रममा व्यस्त छन् ।

निर्वाचन देश र देशबाहिर रहेका नेपालीलाई उत्तिकै लागेको छ । यति बेला विदेशमा रहेका केही नेपालीले मतदान गर्न नेपाल फर्कने वा फर्किरहेको पोस्ट सामाजिक सञ्जालमा गरिरहेको देखिन्छ । 

के विदेशमा रहेका नेपाली मतदान गर्नकै निम्ति स्वदेश फर्किरहेका हुन् ? यसको जवाफ अध्यागमन विभागको तथ्यांकले दिन्छ । 

मतदानका निम्ति अब ६ दिन बाँकी छ । अध्यागमन विभागबाट प्राप्त विवरणानुसार, सन् २०२६ को फेब्रुअरी १ देखि २५ सम्म विश्वका १६० देशबाट एक लाख ३३ हजार ८०९ नेपाली स्वदेश फर्किएका छन् । फर्कनेमा ३२ हजार ३७० महिला र एक लाख एक हजार ४३९ पुरुष छन् । 

प्रकाशित मिति : २०८२, १५ फाल्गुन शुक्रबार ००:००  ११ : ५६ बजे