स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो ।
चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।
आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहेका थिए ।











