२०८२, २८ फाल्गुन बिहीबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले भने– अपेक्षित परिणाम ल्याउन सकेनौँ, जनताकै बीचमा रहनेछौँ



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र यसलाई शिरोधार्य गर्नु आफू र पार्टीको कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।

बिहीबार (फागुन २८) बिहान सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई आफूले पूर्ण सम्मानका साथ स्वीकार गरेको जनाएका छन् । “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” उनले लेखेका छन् ।

उनले आफूहरू जनताकै बीचमा रहने बताएका छन् । “जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन् ।

उनले आफू र पार्टीलाई मत, साथ दिने र विश्वास राख्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् । “यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेका छन्, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।”

प्रकाशित मिति : २०८२, २८ फाल्गुन बिहीबार ००:००  १० : ४१ बजे