२०८३, २२ बैशाख मंगलबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इनिसालाई न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन 



१६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।

शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लियर पढी रहेकी थिइन् ।

प्रदर्शनमा सहभागीहरूलाई ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जस्टिस फर इनिसा, वीइवान्ट जष्टिस’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

विद्यालय परिसरबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा पुगेर प्रदर्शन गरेका छन् ।

उनीहरूले इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग समेत गरेका छन् ।

इनिशाको मृत्यु शङ्कास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने विद्यार्थीहरुको माग छ ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शुक्रबार ००:००  १ : ३१ बजे