मनकामना दर्शन गरेर फर्केको माइक्रो बस गोरखाको शहिद लखन गाउँपालिकामा र्दुघटना परेर ७ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो मनकामना दर्शन गरेर काठमाण्डौ फर्कने क्रममा गोरखाको शहिद लखन गाउँपालिकामा ३ कनटारमा सडक बाट करिब २ सय मिटर तल खसेको थियो । १४ जना सवार इभी माइक्रो शनिबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ७ जनाको घटना स्थलमा मृत्यु भएको छ । बाँकी ८ जना घाइतेहरुको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यलय गोरखाका अनुसार गाडीमा सवार भारतीय पर्यटक र चालक नेपाली रहेका छन । थप बिबरण आउन बाँकी रहेको छ ।











