२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन थापाले दिए राजीनामा



कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

एक पदाधिकारीले भने–सभापतिज्यूले केही दिनअघि नै उपसभापति शर्मालाई भेटेर राजीनामा बुझाउनुभएको हो ।”

प्रकाशित मिति : २०८२, ५ चैत्र बिहीबार ००:००  १० : ३७ बजे