सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हेडक्वार्टरद्वारा विपद् उद्दारसम्बन्धी नमूना अभ्यास तथा तालिम सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ वाहिनी मुख्यालयको २२औँ वार्षिकोत्सवको अवसर पारेर “Firefighting Simulation Exercise 2082” आयोजना गरिएको हो।
https://www.facebook.com/share/v/1KSyR7AahB
उक्त अभ्यास सिफल चौर, काठमाडौँ महानगरपालिका वडा नं. ७ मा सञ्चालन गरिएको थियो। कार्यक्रममा आगलागी जस्ता आकस्मिक विपद् अवस्थालाई कसरी छिटो र प्रभावकारी रूपमा नियन्त्रण गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिएको थियो।

अभ्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विमल कुमार होडा लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले उच्च समन्वय र दक्षता प्रदर्शन गर्दै विपद् व्यवस्थापनमा आफ्नो तयारी प्रस्तुत गरेका थिए।
यस प्रकारका अभ्यासले आपतकालीन अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।











