२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रमेश लेखकलाई अदालतमा हाजिर गराइयो



भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

लेखकलाई प्रहरीले शनिबार (चैत १४) मा पक्राउ गरेका थिए । लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेर अदालतमा उपस्थित गराइएको हाे ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तत्कालीन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा कारबाही सिफारिस गरिएका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराउने तयारी छ । अहिले लेखकका विषयमा अनुसन्धानका लागि म्याद थपको प्रक्रिया चलिरहेको छ । 

प्रकाशित मिति : २०८२, १५ चैत्र आइतबार ००:००  १२ : ३४ बजे