२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोसी र कर्णालीका सांसदसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् । 

सोमबार (चैत १६) मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा  जुटेको बालेनको सचिवालयले जनाएको छ । 

“कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ,” सचिवालय स्रोतले भन्यो । 

आइतबार प्रधानमन्त्री बालेनले मन्त्रीहरूसँग छलफल गरेका थिए । 

आज मध्यान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रकाशित मिति : २०८२, १६ चैत्र सोमबार ००:००  १ : २५ बजे