२०८२, १८ चैत्र बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो



लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ । बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

शर्माविरुद्ध यसअघि २०८१  माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : २०८२, १६ चैत्र सोमबार ००:००  ५ : २१ बजे