२०८२, २७ चैत्र शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरलाई उत्कृष्ट नगरपालिका अवार्ड



पोखरा महानगरपालिका देशभरका नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भएको छ। पोखरा ले शहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापन क्षेत्रमा उत्कृष्ट काम गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो।

नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा काठमाडौं मा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पोखराका महानगर प्रमुख धनराज आचार्यलाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्रदान गरेका थिए।

पोखराले देशभरका अन्य नगरपालिकालाई पछि पार्दै यो सफलता हासिल गरेको हो। अवार्ड प्राप्त गरेपछि मेयर आचार्यले यो उपलब्धि पोखरा र सम्पूर्ण पोखरेलीका लागि महत्वपूर्ण भएको बताए। उनले नगरवासीको निरन्तर सहयोग र विकासप्रतिको प्रतिबद्धताका कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सबैलाई धन्यवाद र बधाई दिएका छन्।

विशेषगरी पूर्वाधार विकास र विपद् व्यवस्थापनमा गरेको कार्यलाई मूल्यांकनको मुख्य आधार बनाइएको थियो।

प्रकाशित मिति : २०८२, २७ चैत्र शुक्रबार ००:००  २ : २८ बजे