२०८३, ६ बैशाख आइतबार | Sun Apr 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लायन राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा



नेपाली लायनवादका सक्रिय तथा ऊर्जाशील युवा नेतृत्वका रूपमा परिचित लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्ट समेत रहनु भएका श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता” का रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो। उहाँले लामो समयदेखि लायनवादमा सक्रिय रहँदै विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ।

श्रेष्ठले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर तथा चिफ एरिया कोअर्डिनेटरजस्ता महत्वपूर्ण पदहरू सम्हालिसक्नुभएको छ। यसैगरी, उहाँले लायन्स इन्टरनेशनलअन्तर्गत DLLI, RLLI, ALLI र FDI जस्ता उच्चस्तरीय तालिमहरू प्राप्त गर्नुका साथै लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको अध्ययन पूरा गर्नुभएको जनाइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा उहाँ GAT मेडल, प्रेसिडेन्सियल मेडल तथा प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) बाट सम्मानित भइसक्नुभएको छ। साथै, टीयू लायन्स रक्तसञ्चार बैंकका संस्थापक सदस्यका रूपमा उहाँले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले स्पष्ट दृष्टिकोण, युवा सहभागिता र प्रविधिमैत्री प्रणालीमार्फत संगठनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो।

लायनवृत्तमा उहाँको उम्मेदवारीलाई सकारात्मक रूपमा लिइएको छ भने अनुभवी तथा समाधानमुखी नेतृत्वमार्फत आगामी दिनमा संगठनलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ६ बैशाख आइतबार ००:००  १० : ४६ बजे