२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुम कार्मारोङमा पहिलो पटक ‘छायानाथ अल्ट्रा म्याराथन’ आयोजना हुँदै



मुगु जिल्लाको मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलो पटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । पालिकाले जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको हो । 

पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु पाँच लाख, द्वितीयलाई रु दुई लाख ५० हजार र तृतीयलाई रु एक लाख ५० हजार  प्रदान गरिने छ । प्रतियोगिताका लागि रु ३० लाख  विनियोजन गरिएको छ ।

४२.२ किलोमिटर  दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई  चार हजार ८२० मिटरसम्म हुनेछ । 

प्रकाशित मिति : २०८३, २१ बैशाख सोमबार ००:००  ४ : ०८ बजे