२०८३, १२ श्रावण मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातभर फक्रिएको ब्रह्मकमलको दुर्लभ दृश्य,(लाइभ भिडियो)



रातको शान्त वातावरणमा मनमोहक सुगन्ध छर्दै केही घण्टाका लागि मात्र फक्रिने ब्रह्मकमलको दुर्लभ दृश्य पब्लिक रिलेशन नेपाल प्रालिका आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद धमलाले रातभर जाग्राम बसेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ।

स्थानीय रूपमा ब्रह्मकमल भनेर चिनिने यो फूल सीमित समयका लागि मात्र फुल्ने गर्दछ। यसको सबैभन्दा रोचक विशेषता भनेको राति विस्तारै फक्रिनु र बिहानको उज्यालोसँगै ओइलाउन थाल्नु हो। यही कारण यसको पूर्ण रूपमा फक्रिएको दृश्य प्रत्यक्ष देख्ने अवसर अत्यन्तै दुर्लभ मानिन्छ। धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार ब्रह्मकमल फुल्नु तथा फक्रँदै गरेको दृश्य अवलोकन गर्नु शुभ मानिने जनविश्वास पनि रहेको छ।

अत्यन्तै सुगन्धित यस फूलको फुल्ने समय छोटो हुने भएकाले धेरै प्रकृतिप्रेमीहरू रातभर जाग्राम बसेर यसको सौन्दर्य अवलोकन गर्ने गर्छन्। नारायण प्रसाद धमलाले खिच्नुभएको यस लाइभ भिडियोमा कोपिलाबाट सुरु भएर फूल पूर्ण रूपमा फक्रिने सम्पूर्ण प्रक्रिया जीवन्त रूपमा प्रस्तुत गरिएको छ, जसले प्रकृतिको अनुपम सौन्दर्यलाई नजिकबाट अनुभूति गराउँछ।

रातभरको धैर्य, मेहनत र समर्पणपछि तयार भएको यो भिडियोले ब्रह्मकमल फुल्ने दुर्लभ क्षणलाई संरक्षण गर्दै दर्शकमाझ पुर्‍याएको छ। प्रकृतिप्रेमी, फूलप्रेमी तथा धार्मिक आस्थाका व्यक्तिहरूका लागि यो भिडियो विशेष आकर्षणको विषय बनेको छ।

प्रकाशित मिति : २०८३, १२ श्रावण मंगलबार ००:००  ३ : २८ बजे