२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै



सुरक्षा परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बैठक बोलाएका हुन् । बैठक आज बिहान साढे ११ बजे बस्ने छ । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुनेछ । नेपालको संविधानअनुसार सुरक्षा परिषद्ले राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने जिम्मेवारी पाएको छ ।

नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।

परिषदले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ ।

प्रकाशित मिति : २०८३, १४ श्रावण बिहिबार ००:००  १० : ४९ बजे