धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा स्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्ति हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको बताएका छन् ।
उनका अनुसार धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ४५ बर्षिय बन्ठु राउत रहेको खुलेको छ । उनी सहायक पूजारीको रुपमा रहेको बुझिएपनि आधिकारिक रुपमा भने पुष्टि भइसकेको छैन् ।
स्थानीयको अनुुसार उनी करिब १५ बर्षदेखि सोही मन्दिरमा बस्दै आएको बताईएको छ ।
कहिले बाहिर कमाउन जाने र पुनः सोही मन्दिरमा आएर बस्ने गरेको स्थानीयहरुले जनाएको छ । मुख्य पूजारी अर्कै जना रहेको तथा सहायक पूजारीको रुपमा उनी बस्दै आएको बताईएको छ ।
एक स्थानीयका अनुसार, उनी पनि मन्दिरमा पूजापाठ गर्दै आएका थिए । केही दिन अगाडी भारतको पञ्जाबबाट कमाएर आएका थिए । उनीसँग भएको रकम लुटपाट गर्न मनसायका साथ पनि हत्या भएको बुझिएको छ ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको प्रहरी प्रवक्ता न्यौपानेले जनाएको छ । र थप विवरण खुल्न पनि बाँकी रहेको छ ।











