२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गङ्गाहिटी हाइट र चुच्चेपाटी शान्ति गोरेटो क्षेत्रमा पहिरोको जोखिम, घर तथा सडक धरापमा



अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण काठमाडौं महानगरपालिका वडा नं. ७ अन्तर्गत गङ्गाहिटी हाइट र चुच्चेपाटी शान्ति गोरेटो क्षेत्रका घर तथा सार्वजनिक संरचनाहरू उच्च जोखिममा परेका छन्।

पहिरोका कारण गङ्गाहिटी हाइट र चुच्चेपाटी शान्ति गोरेटो क्षेत्रमा रहेका केही घर धरापमा परेका छन्। साथै, प्रहरी प्रभाग गङ्गाहिटी पछाडिको क्षेत्र तथा ॐ हेल्थ कलेज, शान्ति गोरेटोको कम्पाउण्ड वाल भत्किएको छ। त्यससँगै ढलान गरिएको सडकसमेत जोखिममा परेको छ।

काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विमल कुमार होडाका अनुसार गङ्गाहिटी हाइटस्थित किशोर डङ्गोलको जग्गाबाट बालुवा निकालिएको स्थानमा अविरल वर्षाका कारण पहिरो गएको हो। उहाँले उक्त पहिरोका कारण आसपासका घर तथा भौतिक संरचनामा जोखिम बढेको जानकारी दिनुभयो।

घटनापछि स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले जोखिम क्षेत्रको निरीक्षण गर्नुका साथै आवश्यक सुरक्षा तथा विपद् व्यवस्थापनका कार्य अघि बढाएका छन्। स्थानीय बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, १५ श्रावण शुक्रबार ००:००  १० : ४५ बजे