२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साेमबार ८९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६० पुग्याे



काठमाडाैं । साेमबार देशभर ३०३ महिला र ५९६ पुरुष गरी थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म काेराेना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा रहेकाको संख्या १० हजार ७०१ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार १२१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५८८ निको भएसँगै कुल निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

प्रकाशित मिति : २०७७, १५ भदौ सोमबार ००:००  ११ : १५ बजे