२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्याधिक मदिरा सेवनले ओखलढुंगामा एक महिलाकाे ज्यान गयाे


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ धुसेनीकी ३५ वर्षीय गंगा खत्री गिरी मृत अवस्थामा फेला परेकी छन् । शनिबार बेलुका स्थानीय एक पसलमा अत्याधिक मदिरा सेवन गरेकी गंगालाई श्रीमानले घर लैजान खोज्दा जान नमानेको र उनलाई गाउँमा रहेकोे मेघनाथ घिमीरेको मान्छे नबस्ने घरमा छाडेर श्रीमान घर फर्किएका थिए । आइतबार बिहान सोही ठाउँमा उनि मृत फेला परेकी हुन् ।

गाउँमा महिलाको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको चम्पादेवी ८ का वडासदस्य बिष्णु घिमिरेले बताए । अत्याधिक मदिरा सेवनकै कारण उनकाे ज्यान गएकाे हुन सक्ने स्थानीयकाे अनुमान छ ।

मृतकको शव सोमबार पोष्टमाट पश्चात उनका आफन्तलाई जिम्मा लगाईएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । घटनाको बिषयमा जानकारी आएलगत्तै प्रहरी चौकी घोराखोरीबाट प्रहरी टोली खटाएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  ११ : २३ बजे