२०८३, २ भदौ मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य न्यायाधीश सवार जीप दुर्घटना, चारजनालाई हेलिकोप्टरमार्फत ल्याइयो छाउनी



मकवानपुरमा जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।

मंगलबार (भदौ २) बिहान करिब ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको जीप दुर्घटना भएको थियो । उक्त जीपमा उच्च अदालत वीरगन्ज इजलासका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगीलगायत ६ जना सवार थिए ।

उनीहरूमध्ये चारजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत छाउनी ल्याइएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०८३, २ भदौ मंगलबार ००:००  ११ : २३ बजे