२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही गर्न माग


२०७७, १६ भाद्र मंगलबार ००:००  

0
Shares

काठमाडौं । शिक्षकका बिभिन्न संघ संगठनहरुले एसइईमा कम नम्बर दिएको भन्दै शिक्षकहरु माथी कुटपिट गर्ने बिद्यार्थीहरुलाई कारबाहिको माग गरेका छन् । नेपाल शिक्षक महासंघ सहितका शिक्षकका पेशागत संघ संगठनहरुले विज्ञप्ती निकालेर घटनाको भत्र्सना गर्दै दोषि उपर कारबाहीको माग गरेका हुन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका ७ मझुवामा रहेको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीले एसइइमा थोरै नम्बर दिएको भन्दै केही दिन अघि कुटपिट गरेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली , एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुली , शिक्षक महासंघ सिन्धुली, नेपाल राष्ट्रिय शिक्षक संगठन त्यसैगरी सुनकोसी गाउँपालिका , शिक्षक महासंघ सुनकोसी गाउँपालिका र नेकपा सुनकोसी गाउँ संगठन कमिटीले जारि गरेको प्रेस बक्तव्यमा केही विद्यार्थी र अभिभावकबाट शिक्षक माथि विद्यालय भित्रै सांघातिक हमला र कुटपिट हुनु दुखद् भएको टिप्पणी गरेका छन् ।

यो सुनियोचित घटनाले शिक्षक पेशामा निरासा पैदा गरेको र पेशा प्रति नै शंका उब्जाएको भन्दै दोषीहरु लाई कानुनी दायरमा ल्याएर कारबाहि गरि सुरक्षाको प्रत्याभुत नदिलाए सम्म सबै शैक्षिक गतिबिधीहरु समेत रोक्ने शिक्षकका संघ संगठनहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७७, १६ भाद्र मंगलबार ००:००  ४ : २२ बजे