२०८३, २३ बैशाख बुधबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १ हजार २४६ जनामा कोरोना पुष्टि



काठमाडौं । बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ७२ प्रतिशत हाे।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ।

पछिल्लो २४ घण्टामा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : २०७७, १ आश्विन बिहिबार ००:००  ५ : ०१ बजे