२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्तरिक उडान असोज ५ देखि सुरू हुने



काठमाडौं । आन्तरिक हवाई यात्रामा यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ।

असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरू हुँदैछ।

नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ।

यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ।

विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ।

सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ।

अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार ००:००  १२ : ०४ बजे