सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
सर्वसाधारणलाई घरबाट निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा झण्डै एक दर्जन व्यक्ति घाइते भएका थिए । उक्त विषयमा छलफल भईरहँदा पनि घरेलु हतियार बोकेर सर्वसाधारण निस्किन थालेको सूचना आएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।











