काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै जगदम्बाश्री पुरस्कार भने संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।
यी दुबै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।











