२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाँस्य कलाकार एदुमेलाई पितृशोक



ओखलढुंगा । हाँस्य कलाकार सुबोध गौतम (एदुमे) लाई पितृशोक परेको छ । नेपाली हाँस्य जगतका चर्चित कलाकार गौतमका बुबा शिवकुमार गौतमको ६२ बर्षको उमेरमा आईतवार ओखलढुंगामा निधन भएको हो ।

केही वर्षदेखी दमको व्यथाले थलिएका गौतमको स्वास्थ्य अबस्थामा समस्या भएपछि केही महिना अघि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गराईएको थियो । सामुदायिक अस्पतालमा करीब २ हप्ता सम्म राखेर उपचार गरिएपछि घर लगिएको थियो । घरमा नै उहाँलाई अक्सिजन सिलिन्डरको व्यबस्था समेत गरिएको थियो । थप उपचारका लागि पहल भईरहेकै अवस्थामा आईतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हास्यकलाकार गौतमका चार दाजुभाई र दुई दिदी वहिनी छन् । चार दाजुभाइ मध्ये सुबोध कान्छा हुन् । हास्यकलाकार गौतम चर्चित हास्य टेलिसिरियल सक्किगोनीका एदुमे हुन् । उनको एकदुम सँगले भन्ने थेगो चर्चामा छ ।

उनले एक सय भन्दा बढि मानिस तथा जिवजनावरका आवाज निकालेर दर्शक तथा स्रोताहरुको मन जित्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ४ आश्विन आइतबार ००:००  १० : २८ बजे