२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड हटलाईनका किशोरलाई हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार



काठमाडौं । नेपाल टेलिभिजनको नियमित कार्यक्रम कोभिड हटलाईन कार्यक्रमका प्रस्तोेता किशोर निरौलाले यस बर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पाउने भएका छन् । उनीसँगै नेपाल टेलिभिजनकै टेकबहादुर खड्कालाई पनि सोही पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आईतबार बसेको बैठकले निरौला र खड्कालाई सो पुरस्कार दिने निर्णय गरेको हो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी तथा सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले सो पुरस्कार स्थापना गरेको हो ।

विभिन्न टेलिभिजन च्यानलमा प्रसारण भएका जोखिमपूर्ण समाचार अथवा समाचार सामग्रीहरुमध्ये उत्कृष्ट सामग्रीलाई छनौट समितिले छान्ने प्रचलन रहेको छ । पुरस्कारका लागि यस बर्ष नेपाल टेलिभिजन सहित अन्य टेलिभिजनका समेत गरी ११ वटा समाचार सामग्रीहरु प्राप्त भएका थिए । ५१ हजार रुपैयाँ राशिको सो पुरस्कार यही असोज ७ गते आयोजना गरिने समारोहमा वितरण गरिने छ ।

प्रकाशित मिति : २०७७, ४ आश्विन आइतबार ००:००  १० : ४० बजे