२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरी जन्माएको भन्दै पतिले गर्भवती पत्नीको पेट हँसियाले काटिदिए




काठमाडौँ ।भारतको उत्तर प्रदेश राज्यको बदायूं जिल्लामा एक व्यक्तिले छैटौंपटक पनि आफ्नी पत्नीले छोरी पाउने आशंका गर्दै गर्भवती श्रीमतीको पेट हँसियाले काटिदिएका छन्।
पन्नालाल नाम गरेका ती व्यक्तिले श्रीमती अनिताको गर्भमा छोरा छ कि छोरी हेर्न भन्दै पेट काटेको समाचार बिबिसी हिन्दी सेवाले प्रकाशित गरेको छ।


घटनामा गम्भिर घाइते बनेकी ती महिलाको हाल दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले ती महिलाका पतिलाई पक्राउ गरिसकेको छ।
’छोराको विषयलाई लिएर पन्नालालको आफ्नी श्रीमतीसँग अक्सर झगडा हुन्थ्यो। उसले अनितालाई कुट्ने पनि गर्थ्यो। शनिबार सुरूमा उसले नराम्ररी पिट्यो अनि हँसियाले आक्रमण गरिदिए’, अनिताकी बहिनी रेखाले भनिन्।


’घाइते महिलाका भाइले दिएको उजुरीका आधारमा उनीमाथि भारतीय दण्ड विधान ३०७ अन्तरगत मुद्धा दायर गरिएको छ। हामीले आरोपीलाई पक्राउ गरिसकेका छौं। हाल सबै पक्षबाट घटनाको जानकारी लिने काम भइरहेको छ। त्यसैको आधारमा कारबाही गरिनेछ’, बदायूंका वरिष्ठ प्रहरी सुपरिटेन्डेन्ट संकल्प शर्माले भने।

’छोराको विषयलाई लिएर पन्नालालको आफ्नी श्रीमतीसँग अक्सर झगडा हुन्थ्यो। उसले अनितालाई कुट्ने पनि गर्थ्यो। शनिबार सुरूमा उसले नराम्ररी पिट्यो अनि हँसियाले आक्रमण गरिदिए’, अनिताकी बहिनी रेखाले भनिन्।
’कुनै पण्डितले बदायूं जिल्लामा कोही व्यक्तिको लगातार छैटौंपटक छोरी हुने भविष्यवाणी गरेका थिए। यसबाट डराएर पन्नालालले श्रीमतीलाई गर्भपतन गराउन भनेका थिए। श्रीमतीले त्यसलाई अस्वीकार गरेपछि उनले झगडा गरे र उनलाई घाइते बनाइदिए’, छिमेकीले भने।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार ००:००  १२ : १६ बजे