२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङजाको वालिङमा पहिरो जाँदा छ जनाको मृत्यु



काठमाडौ । स्याङ्जाकोवालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका छ जनाको शव फेला परेको छ।

स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए।

बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए।

तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको अधिकारीले बताए। प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार ००:००  ११ : १८ बजे