२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा पहिरो, पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइँदै



काठमाडौ ।ललितपुर बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्।

पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।

उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य नवराज सिलवालका अनुसार घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहिबार ००:००  ११ : ५९ बजे