२०८३, ३० भदौ मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोङ शानशान बने चीनकै धनी व्यक्ति



काठमाडौ । चीनका सबैभन्दा धनी व्यक्ति जोङ सानशान बनेका छन्।
ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार बुधबार जोन सानशान चीनकै धनी व्यक्ति बनेका हुन्। उनले यसअघिका चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक मालाई उछिनेका हुन्।
योसँगै जोङ एसियाका दोस्रो सबभन्दा धनी व्यक्ति भएका छन्।
जोङ ’नोङ फुङ’ नामक बोतलको पानी र खोप निर्माता कम्पनीका संस्थापक हुन्।
ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार जोङ शानशानको कुल रकम ५८ अर्ब ७ करोड डलर पुगेको छ। यो भनेको ज्याक माको भन्दा २ अर्ब डलर बढी रकम हो।
एसियाका सबैभन्दा धनी व्यक्ति भने हाल भारतका मुकेश अम्बानी हुन्। संसारका सबैभन्दा धनी व्यक्तिमध्ये भने जोङ १७ औं स्थानमा छन्।

सने २०२० मै धेरै कमाइ गर्ने कम्पनीमा उनी तेस्रा हुन्। अमेजनका जेफ बेजोस र टेस्लाका एलन मस्कले पनि यो वर्ष अत्यधिक कमाइ गरेका छन्।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहिबार ००:००  ४ : २२ बजे