काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौम महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको हो ।
नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ ।
आयात बढेपनि चिनीको मूल्य नघट्दा व्यापारीको नाफा बढेको छ भने अझ लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था देखिएको छ ।












