२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको खोप आउनु अघि २० लाख मानिसको ज्यान जान सक्छ : डब्लूएचओ



काठमाडौं । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास हुनु पहिले यसको संक्रमणबाट २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ।


हालसम्म करिब १० लाख कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स विश्वीद्यालयका अनुसार ९ लाख ८७ हजार ७७५ संक्रमितको ज्यान गइसकेको हो। त्यस्तै ३ करोड २४ लाख ७७ हजार बराबर संक्रमित भइसकेका छन्।

डब्लूएचओका आपतकालीन सेवा प्रमुख डा. माइक रायनले पत्रकारसँगको कुराकानीमा २० लाख संक्रमित मानिसको मृत्यु ‘असम्भव नभएको’ बताएका हुन्। उनले हाल मृत्युदर घटे पनि २० लाख मृतक संख्या पुग्ने बताए।

प्रकाशित मिति : २०७७, १० आश्विन शनिबार ००:००  ५ : १५ बजे