२०८३, ३ आश्विन शनिबार | Sat Sep 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण




काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ ।
शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो।
‘बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्न दिएको थिएँ, आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘होम आइसोलेसनमा बसेको छु। ज्वरो, रूघाखोकी निको भइसकेको छ।’
उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए। कोरोना देखिएका सांसद चौधरी निको भइसकेका छन्।
आफूसँग प्रत्यक्ष भेटघाट गरेकाहरूलाई आवश्यक सजगता अपनाउन पनि सांसद श्रेष्ठको आग्रह छ।

प्रकाशित मिति : २०७७, ११ आश्विन आइतबार ००:००  १२ : ३० बजे