२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा १३ जुवाडे पक्राउ




काठमाडौं । दाङमा तुलसीपुरमा झन्डै १ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी शिवबहादुर सिंहकाअनुसार तुलसीपुर ६ स्थित भुयारथान बस्ने कुमार सुनारको घरबाट उनीहरुलाई नगद ९८ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २८ वर्षीय रोशन बुढाथोकी,४३ वर्षीय भरत बिक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढामगर, वडा नम्वर ७ बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नम्वर ८ बस्ने ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय मालबहादुर वली, सोही उपमहानगरपालिका वडा नम्वर १० बस्ने २८ वर्षीय केशव डांगी ,वडा नम्वर ११ बस्ने २६ वर्षीय अर्जुन पुन, बाँके कोहलपुर नगरपालिका १० बस्ने ६० वर्षीय धर्मराज बुढाथोकी र सोही नगरपालिका ८ बस्ने ४० वर्षीय दिपक वली रहेका छन् ।

उनीहरुको साथबाट नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको ३ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रकाउ गरिएको हो ।

प्रकाशित मिति : २०७७, ११ आश्विन आइतबार ००:००  १ : ४६ बजे