२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशकी सांसद सिग्देललाई कोरोना संक्रमण




बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोनाभाइरस संक्रमण भएको छ।

घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन्। ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो।
उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन्।

सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन्। परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार ००:००  ११ : ५७ बजे