२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असईको परीक्षा चलाउने नक्कली इन्स्पेक्टर पक्राउ



पर्सा ।नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो।
उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएका थिए।
उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार यी परीक्षार्थीलाई उनले ठग्न खोजेका थिए।

सो परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनको परीक्षा दिलाउने भनी उनले फोन गरेर उनीहरूलाई बोलाएको थाहा भएको छ।
यसअघि बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा जेल परेका थिए। उनी सो मुद्दामा ११० दिन जेल परेका थिए।
प्रहरीका अनुसार उक्त परीक्षा हलबाट हिरालाल महतो वसन्त चौधरी, रविकुमार चौरसिया, शिवनारायण चौरसिया, रामजी चौरसियालाई पनि पक्राउ गरिएको छ। उनीहरू परीक्षा सञ्चालनका लागि रायलाई सहयोग गरिरहेका थिए।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार ००:००  १ : १८ बजे