२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्नोम्यान वाइनरीको उत्पादनमा, ‘चिफ गेष्ट’ वाइन बजारमा



काभ्रे । स्नोम्यान वाइनरी प्रा. लि. ले ‘चिफ गेष्ट’ ब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ ।
काभ्रेको पनौतीमा रहेको कम्पनीले नेपाली उपभोक्ता माझ वाइनको नयाँ ब्राण्ड सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिको अध्ययन गरि बिगत ५ वर्ष अगाडिबाट ‘किङ्स हिल’ र गत वर्षबाट ‘अरोमा’ वाइन नेपाली बजारमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको तथा किङस हिल र अरोमा वाइन नेपाली उपभोक्ताहरुको रोजाईमा परेसँगै उद्योगले नयाँ वाइन चिफ गेष्ट सार्वजनिक गरेको सञ्चालक वसन्तराज श्रेष्ठले बताए ।
अरोमा र किङस हिलले जस्तै चिफ गेष्टले पनि नेपाली उपभोक्ताको मन र विश्वास जित्नेमा आफूहरु विश्वस्त रहेको श्रेष्ठ बताउँछन् ।
उद्योगमा अंगुरबाट रेड वाइन र स्याउबाट ह्वाइट वाइनको उत्पादन हुने गरेको छ प्रयोग हुने अंगुर भारतको नासिकबाट र स्याउ भारतको कास्मिरबाट आयात हुँदै आइरहेको अर्का सञ्चालक पुजन श्रेष्ठले जानकारी दिए । ‘समय समयमा नेपाली स्याउको समेत प्रयोग हुन्छ,’ उनले भने । गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेका छौं । ‘उद्योगमा वाइन उत्पादनलाई आवश्यक पर्ने आधुनिक मेसिनको प्रयोग गरिएको छ, विसुद्ध फलफूलको प्रयोगबाट मात्रै वाइन उत्पादन हुन्छ । एसएस ट्यांक(स्टेनलेस स्टिल ट्यांक) मा म्याचुरेसन गरी बोतलिङ गरिने कम्पनीले जनाएको छ । कन्सन्ट्रेट र किसमिसको प्रयोग नहुने श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय क्वालिटीमा नेपाली बजारमै वाइन उत्पादन गर्न सफल भएको सञ्चालक वसन्तराज श्रेष्ठ बताउँछन् । उनले भने, ‘उत्कृष्ट क्वालिटी र स्वादकै कारण यी वाइनहरु उपभोक्ताहरुको रोजाईमा परेका छन् ।’ ७५० एमएल र ४ लिटरको बट्टामा वाइन नेपाली बजारमा उपलब्ध छन् ।
ग्राहकको सुविधालाई मध्यनजर गरी अनलाइन होम डेलिभरी सुविधा उपलब्ध गराइएको छ । अनलाइन होम डेलिभरीका लागि ग्यापु, चियर्स, सस्तो डिल, घ्याम्पे अनलाइनसँग कम्पनीले सम्झौता गरिसकेको छ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  १२ : २८ बजे