२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धान झार्ने थ्रेसरमा बेरिएर महिलाको मृत्यु



महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  १ : ४८ बजे