२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल लकडाउन हुँदैनः स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने स्पष्ट पारेका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

लामो समय बन्दाबन्दी हुँदा अर्थतन्त्र डामाडोल भएको र अझै लकडाउन गर्ने हो भने अर्थतन्त्र नराम्रोसँग तल झर्ने भन्दै उद्योगी-व्यवसायीहरुले अब लकडाउन गर्नु आत्मघाति निर्णय हुने बताएका थिए । छलफलपछि स्वास्थ्यमन्त्री ढकालले अब लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रतिक्रिया दिएका छन् । कोरोना नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनु पर्ने धारणा राख्दै मन्त्री ढकालले यसका लागि लकडाउनको विकल्प खोज्ने पक्षमा सरकार रहेको बताएका छन् ।

उद्योग–व्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको निजी क्षेत्रका प्रतिनिधिहरुको अन्योलको जवाफमा मन्त्री ढकालले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गर्नुपर्ने भन्दै सजगता अपनाएर व्यवसाय गर्न आग्रह गरे ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्ने बताएको थियो ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  ५ : ५४ बजे