२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चका न्यायाधीश भण्डारीलाई कोरोना



काठमाडौं ।सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीलाई कोरोना देखिएको छ।

सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख गरेको छैन। कति जना कर्मचारीमा कोरोना देखिएको हो भन्ने पनि सूचनामा उल्लेख छैन।

सर्वोच्च अदालत स्रोतले न्यायाधीश भण्डारी र अरू तीन कर्मचारीलाई कोरोना देखिएको बताएको छ। कर्मचारी हरि भट्टराईले पनि आफूलाई कोरोना संक्रमण भएको बताए।

संक्रमित न्यायाधीश र कर्मचारी तथा उनीहरूसँग सम्पर्कमा आएका न्यायाधीश र कर्मचारीहरू सबै आफ्नो घरमा आइसोलेसन र क्वारेन्टिन बसेको सर्वोच्चको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  १ : ०५ बजे