२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ



भक्तपुर । १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए।

उनीहरूले ती किशोरीलाई १६ / १७ पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्।
घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  ३ : २४ बजे