२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको ‘युथ आइकन अवार्ड’ नेपालका कान्छा अभियन्ता खनाललाई



काठमाडौं । महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरिएको छ।

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो।
सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका उनले असहाय र गरिबलाई पनि सहयोग गर्दै आइरहेका छन्।

उनले सामाजिक अभियान चलाएरै बाजुरामा अनाथाश्रम निर्माण गरेका छन्। सामाजिक काममा जुटिरहेका खनाल पछिल्लो समय कैलालीमा ‘हेल्प निडी अभियान’का क्रममा छन्। जहाँ उनले मजदुर र गरिबहरको घर/घरमा खाद्यान्न उलब्ध गराउँदैछन्।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  ३ : ४७ बजे