कैलाली । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।
घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरुलाई नदीमा नुहाउन जाने भन्दै उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ ।











