२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजगढ नगरपालिकाले गर्याे विध्यार्थीहरुको लागी मास्क वितरण



बारा । निजगढ नगरपालिकाले नगर भित्र संचालित विध्यालयहरुलाई मास्क वितरण गरेकोछ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै विध्यालय संचालन गर्न लागिरहेको निजगढ नगरपालिकाले विध्यालयलाई मास्क वितरण गरेकोहो।

निजगढका मेयर सुरेश कुमार खनाल,उपमेयर लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशाशकिय अधिकृत सुमन कार्किले प्रधानाध्यापकहरुलाई संयुक्त रुपमा मास्क वितरण गरेका हुन् । नगरपालिकाले नगर भित्रका २७ वटा सामुदायिक विध्यालय,८ वटा संस्थापक विध्यालय र एउटा क्याम्पसलाई मास्क वितरण गरेको निजगढ नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले बताए ।

विध्यार्थीहरु संवेदनशील हुने भएकाले उनीहरुको स्वास्थ्यप्रति अलिकतिपनि खेलवाड नगर्न खनालले निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार ००:००  ३ : ३८ बजे