२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ को नाम लुम्बिनी राख्ने निर्णय



प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ।
प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प
लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए। यसअघि राजधानी दाङ राख्न पक्षमा मत नदिएका कांग्रेसका १३ सांसदले पनि नाम लुम्बिनी राख्ने पक्षमा मत हालेका छन्।

आजै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ। दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए।

प्रकाशित मिति : २०७७, २० आश्विन मंगलबार ००:००  ४ : ५८ बजे