२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिभावक जोगाए आशिर्वाद फेरि लिन पाउँछौं: मन्त्री ज्ञवाली



काठमाडौं । सरकारले दशैंमा टाढैबाट अभिभावकसँग आशिर्वाद लिन सरकारको आग्रह गरेको छ।
परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेका हुन्।

अन्य जिल्लामा कोभिड-१९ क्रमशः नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा रहेको तथा देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै भएकाले यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ।


६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा हाम्रा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पर्ने भएकाले स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँने कुरालाई ख्याल गर्न ज्ञवालीले आग्रह गरेका छन्।

‘सिसिएमसीले ‘आशिर्वाद जोगाऔं’ भन्ने नारा नै बनाएको छ। हामीले यसपालि अभिभावक जोगायौं भने फेरि-फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँछौं,’ मन्त्री ज्ञवालीले भनाई छ ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  १ : ०९ बजे