२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत सेवा विकटमा विस्तार गर्दै हलेसी तुवाचुङ नगरपालिका



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले टोलबस्तिमा एकीकृत सेवा विस्तारलाई जोड दिएको छ । सार्वजनिक सेवामा नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाका विभिन्न ठाँउमा एकीकृत सेवा दिने कार्यालय नै सञ्चालन गर्न थालेको हो ।

बुधबार हलेसी तुवाचुङ नगरपालिका वडा नं. ६, मंगलटारको सेवा क्षेत्र विस्तार गरी वडा कार्यलयबाट हुने सबै सेवा प्रवाह साविकको वडा ४ र ५ को सिमा भदौरेबाट दिन थालिएको छ । एकीकृत सेवा अन्तर्गत स्थानीय लालबहादुर आलेमगरको नाता प्रमाणित प्रमाण पत्र वितरण गर्दै सेवा त्यहाँको सेवा सुरु गरिएको छ ।

भौगलिक हिसावले विकटमा रहेको वडाको गाँउ बस्तिहरूमा एकीकृत सेवा क्षेत्र विस्तार गरेर सेवा प्रवाह गर्न थालिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवन राईले जानकारी दिए । संघियताको मर्म अनुसार जनतामा विकास र परिवर्तनको आभास दिलाउन आफुहरु लागि परेको उनले बताए ।

घरगाउँमै एकीकृत सेवा पाएपछि स्थानीय खुसी भएका छन् ।

सिंहदरबारको अधिकार गाँउ गाउँमा पु¥याउने भन्दै संघियता पश्चात अधिकार सम्पन्न स्थानीय तह गठन भएपनि अधिकांश नागरिकलाई आफ्नो स्थानीय सरकारको सेवा लिन विगतमा सिंहदरबारको सेवा लिएजत्तिकै कठिन छ । विशेषत भौगोलिक विकटता भएका क्षेत्रमा वडा कार्यालय सम्म पुग्न घण्टौं यात्रा गर्नुपर्ने अझ पालिका सम्म पुगेर सेवा लिँदा २ दिनको समय छुट्याउनुपर्ने बाध्यता पनि छ ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  ९ : ३२ बजे