२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं मान्न आउनेलाई १४ दिन क्वारेन्टाइन




बाग्लुङ। बाग्लुङ नगरपालिका–१४ नारायणस्थानले दशै, तिहार, छठ पर्व मनाउन वडाबाहिरबाट आउनेहरूले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ ।
वडामा पाहुना वा लामो समय जिल्लाबाहिर रहेका जोकोही आउँदा पनि क्वारेन्टाइन अवधि पूरा गर्नुपर्ने व्यवस्था गरिएको वडाअध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

वडाले दशै–तिहारजस्ता पर्वको समय आउजाउ धेरै हुँदा संक्रमण फैलिने त्रास रहेको गुनासो आएपछि अनिवार्य क्वारेन्टाइन बस्ने र स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार ००:००  १२ : ०६ बजे