२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् ।
देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार ००:००  ४ : ५६ बजे